जनकपुरधाम : जनकपुरधाममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित जानकी सरोवरमा एक युवकको शव फेला परेको हो ।
सोमबार बिहान त्यो युवक नुहाउनका लागि सो पोखरीमा पसेको र पौडी खेल्ने क्रममा उ पोखरीको बिच भागसम्म पुगेपछि बाहिर निस्कन नसकेर उसको मृत्यु भएको स्थानीय एक प्रत्यक्षदर्शीले बताए ।
पोखरीको बीच भागसम्म पुगेर बाहिर निस्कन नसकि उसको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
करिव ३० वर्षीय सो युवकको पहिचान खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।
प्रतिकृया दिनुहोस