* बाल संजालले गर्यो बालकको उद्दार/ घर, गाडी र क्लिनिक सफाइ गर्छन् बालक
* प्रहरी प्रमुख प्रती बाल संजाल असन्तुष्ट/ बाल संजाल बिगठन गर्दिने चेतावनी
* बिधालयमा झुठो विवरण पेश
*बालकको उद्दारमा नागरिक समाजको भुमिका उच्च
सान नेपाल
झापा दमक / नेपालको संविधान २०७२ ले बाल अधिकारलाई पुर्ण रूपमा ग्यारेन्टी गरेको छ । संविधान अनुसार बनेका ऐन कानुनहरु पनि बालबालिकाको अधिकारको लागि कोशेढुङ्गा सावित भएका छन् । नितिगत रूपमा व्यवस्थालाई गति दिन स्थानीय तहमा समेत बाल संजालहरु धमाधम गठन हुन थालेको पाइन्छ बाल संजाल गठन संगै स्वयं बालबालिकाहरु नै आफ्ना अधिकारको रक्षा गर्न लागि परेको प्रशस्त उदाहरणहरु पाइन्छ ।
झापाको दमक नगरपालिकामा पनि सोही अनुसार बाल संजाल गठन भएको छ । उक्त बाल संजालले समाज अनेकौं उदाहरणीय कार्य गर्ने सिलसिलामा चैत्र ९ गते एउटा ७ वर्षीय बालकलाई क्याम्पसमोड बाट उद्दार गरेको छ।
यस्तो छ घटना
झापाको कमल गाउँपालिका घर बताइएका ७ बर्षिय बालक मनोज साह घरेलुु कामदार हुन् । दमक क्षेत्रमा राम्रै प्रतिष्ठा कमाएका सन्तोष महासेठले उनलाई घरेलु कामदारको रूपमा राखेका छन् । महासेठ दम्पती आफुलाइ रघुबिर महासेठको भाइ बुहारी भनाउन चाहान्छ्न् । उनीहरु क्याम्पसमोडमा बसेका छन् । उनीहरुले ७ वर्षीय अनाथ बालकलाई घरेलु कामदारको रूपमा राख्ने गरेको खबर ओमकार टाइम्सलाई प्राप्त भए पछी बालकको उद्दारमा सहयोग मिलेको थियो ।
उद्दार गरिएका बालक मनोज दमक ९ स्थित पृथ्वी मा. वी. मा कक्षा के. जी. मा पढ्दै गरेको थाहा भएको छ । उनी बिधालयमा नियमित रूपमा आउने गरेको प्रधानाध्यापक विष्णु राई जिकिर गर्छन् । प्रधानाध्यापक राइले त्यसो भनेता पनि पिडित बालकलाई दिउसोको समयमा दमक ६ मा रहेकोे सहारा डेन्टल भित्र श्रमिकको रूपमा काम गर्ने गरेको स्थानीयहरु बताउछन् । छरछिमेकीको भनाइ अनुसार उनी गाडी धुने देखि क्लिनिकको सरसफाइमा खटी रहेकोे भेटिन्छन् । एक जना प्रतिष्ठित व्यक्तीका अनुसार माघ महिनाको चिसो ठिहीमा समेत उनी लगलग काम्दै महासेठको फोर व्हिल गाडी धोइ रहेकोे भेटिन्थे । बिधालय गएको नगएको बारेमा महासेठ दम्पतीलाई खासै चासो नरहेको तर क्लिनिकको सरसफाइ उनको दैनिक कार्य जत्तिकै छ । बिहान बेलुका भने उनी क्याम्पसमोड स्थित महासेठ दम्पतीको घरमा काम गर्ने गरेको खुलेको छ । बाबू नेपाल हुन् भने छोरा कसरी साह राखिए भन्ने सवाल निकै शंकास्पद पाइएको छ ।
बिद्यालयमा झुठो विवरण पेश
उक्त बालकको बारेमा महासेठ दम्पतीले बिधालयलाई बुझाएको विवरण समेत झुठो देखिएको छ । उनिहरुले बाबुको नाम प्रकाश नेपाल लेखाएका छन् भने आमाको नाम धनमाया साह तथा निज बालकको नाम मनोज साह उल्लेख गराएका छन् । मनोजका पिता प्रकाश नेपाल कमल गाउँपालिका निवासी भएको भनिएता पनि उनि धनकुटा तिर वस्ने गरेको र आमा धनमायाले अर्कै व्यक्ति संग विवाह गरेर गएकोले आफुले हेरबिचार गर्न राखेको महासेठ दम्पती बताउँछन् । ‘कहिले पैसा चोर्छ, कहिले कुकुरलाई दिएको भात खान्छ त कहिले बाटोमा फ्याकिएको खानेकुरा खान्छ, दुई टोकरी चामलको भात दिदा पनि नअगाउने गरेको घर मालिक सन्तोष महासेठले सुनाए । महासेठले बिधालयमा दिएको विवरणसंग उनले छरछिमेकलाई भन्ने गरेको तथ्य फरक देखिएकोले शंकास्पद देखिएको छ ।
बालकको उद्दारमा नागरिक समाजको भुमिका उच्च / प्रहरी प्रमुख प्रती बाल संजाल असन्तुष्ट
नगर बाल संजाललाई अगुवाइ गर्न दिने नागरिक समाजको निर्णय सबै भन्दा उच्च देखियो । बाल संजालका अध्यक्ष मनी कुमार बुढाथोकी, सचिव राम खतिवडा लगायतको टिमले प्रहरी प्रशासन, वडा अध्यक्ष भिम पौडेल, टोल बिकास संस्था अध्यक्ष तथा नागरिक समाजको महत्त्वपूर्ण उपस्थितिमा बालकको उद्दार भएको थियो । उद्दार पश्चात् बालकलाई बेल्डागी स्थित सेफ हाउसमा राखिएको बाल संजाल अध्यक्ष बुढाथोकीले बताए। बालकलाई सहजता साथ उद्दार गर्न पाएकोमा बाल संजाल निकै खुशी देखिन्छ ।सेफ हाउसमा सम्म पुगेर बाल संजालले बालकको बारेमा जानकारी लिइरहेको र आगामी दिनमा समेत सर्व पक्षीय सहयोगको अपेक्षा रहेको बाल संजाल समुहको भनाइ छ ।
नागरिक समाजले महत्त्वपूर्ण साथ सहयोग दिएता पनि प्रहरी प्रमुखले भने आफुहरुको मनोबल गिराएको संजाल सदस्यहरु दुखी हुँदै बताउँछन् । उद्दार पश्चात् बालकको संरक्षणको बारेमा उनीहरु निकै चिन्तित बने । कहाँ र कसरी उनलाइ संरक्षण दिने भन्ने उनीहरुमा गम्भीर चासो र चिन्ता थियो ।कानुन अनुसार बालकलाई प्रहरी कार्यालयमा राख्न मिल्दैन कि भन्दै बाल संजाल समूह डि एस पी बिजयराज पण्डितको कार्यालयमा छिरेको थियो । तिमीहरू मलाई कानुन सिकाउने? कुन कुन कानुन पढेका छौ ? भन्दै उनलेे खस्रो व्यवहार गरेको प्रती आश्चर्य चकित थिए । पटक पटकको भेटमा यस्तै ठाडो जवाफ पाउने गरेको उनीहरुले बताएका छन् । आफुहरु भर्खरै SEE / +2 मात्रै अध्ययन गर्दै रहेकोे हामी बालबालिकालाई कानुनी कुरा के थाहा हुन्छ? प्रहरी प्रमुख प्रति लक्ष गर्दै प्रश्न गर्छन् , ‘यस्तै रुखो व्यवहार गर्ने हो भनें प्रहरी हाम्रो साथी भन्ने सिद्धान्त कसरी मान्न सकिन्छ, रुखो भाषामा बोल्ने पनि साथी हुन्छ?’ घरेलु कामदारको रूपमा राखिएको बालकको उद्दार गर्दा समेत प्रहरीले प्रसंसा नगर्नु र उल्टै म कानुनको बिज्ञ मान्छेलाई सिकाउने भन्दै ठाडो जवाफ दिने गरेकोमा आफुहरुलाइ निरास बनाएको बाल संजालका सदस्यहरु बताउछन् । बहुबिबाह गरिएको विषयको प्रसंग स्मरण गर्दै संजाल अध्यक्ष बुढाथोकीले भने, ‘संजालद्वारा बाल बिबाह रोकिएको बिषय थियो, संजाल टिम प्रहरी प्रमुखलाई भेट्न आयौं, कार्यालयमा छिर्ने बित्तिकै वहाँले हामीलाई सुनाउनु भयो, ‘तिमीहरूको बाल संजाल बिगठन गरिदिने सम्म म संग पावर छ।’ उनले किन र कुन प्रसंगमा त्यसो भने भन्ने कुरा समेत बाल संजाल टिमले बुझ्न सकेको थिएन।’
प्रतिकृया दिनुहोस