झापा : कोरोना भाइरस (कोभिड 19) ले संंसार मा महामारी लिइरहदा झन्डै १३ हजार भन्दा बढी ले ज्यान गुमाइसकेका छ्न भने ३ लाख बढी संक्रमीत भएका छन । नेपालमा भने अहिले सम्म कोहिपनी संक्रमित नभएतापनि यसबाट साबधानी अपनाउनु जरुरी छ ।
यस परिस्थिति रगत अभाव हुन नदिनलाई रक्तदान नै जीवन दान हो भन्ने महान उदेश्य लिएर झापाको लियो क्लब अफ दमक गोल्ड (Leo club of Damak Gold) को आयोजना तथा महालक्ष्मी बिकास बैंक लि. दमक शाखा को प्रायोजनामा इमर्जेन्सी कल ब्लड डोनेसन कार्यक्रम ( Emergency Call Blood Donation programme ) को आयोजना गर्न लागेको जानकारी लियो क्लब दमक का अध्यक्ष प्रवेश बास्ताकोटीले ओमकारलाई जानकारी गराउनु भयो ।
दमक रेडक्रस सोसाइटी को भवनमा आयोजना हुने उक्त कार्यक्रम २०७६ चैत्र १० र ११ गते संचालन हुने बताउनु भयो । २५ जना भन्दा बढी भिडभाड मा सहभागी नहुने सरकारको नियम अनुसार इच्छुक रक्तदान गर्न चाहाने महानुभावहरुलाइ फोन बाट समय को ब्यवस्था गर्ने जानकारी गराउनु भयो ।
मिति : २०७६ चैत्र १० र ११ गते
समय : दिन भरी
स्थान : दमक रेडक्रस सोसाइटी को भवन
सम्पर्क नं : ९८२५९०११७६
विश्व महामारीको यस भयावह परिस्थितिमा रगतको अभावमा कसैको ज्यान जोखिममा नहोस भनेर गरेको यस कार्यमा सम्पूर्ण नगरवासीले रक्तदान गरि सहयोग गर्नुहुन अपिल गरिएको जानकारी पनि अध्यक्ष बास्ताकोटीले गराउनुभयो ।
प्रतिकृया दिनुहोस