• सम–सामयिक

    भारत अब ‘लक डाउन’, रेल र बस सेवा बन्द

      ओमकार टाईम्स


    काठमाडौं । कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले ‘लक डाउन’ गरेको छ ।

     

    यसअघि अन्तर्राष्ट्रिय उडान रोकेको भारतले अब बस र रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ ।

     

    भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् ।

     

    कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् ।

     

    भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

    प्रतिकृया दिनुहोस