माेरङ – प्रदेश १ को सुरक्षा समिति बैठकले नेपाली नागरिक बाहेक अरु कसैलाई आफ्ना नाकाबाट आउन निषेध गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समिति बैठकले प्रदेश १ का सबै नाकामा नेपाली बाहेक अरुलाई आउजाउमा रोक लगाइएकोे प्रदेश १ सरकारले जनाएको छ । यसैबीच प्रदेश १ सरकारले टाँडीमा रहेको २ सय क्षमताको क्वारेन्टाइनमा अनुगमन गरेको छ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा भएको अनगुमनमा आन्तरिक मामिलामन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र सुरक्षा निकाय सहभागी थिए ।
यस्तै अवस्था कसरी सहज बनाउने भन्नेबारे अहिले प्रदेश १ को सचिवस्तरीय बैठक बसिरहेको छ ।
प्रतिकृया दिनुहोस