काठमाडौं । अमेरिका विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण फैलने विश्वकै तेस्रो मुलुक बनेको छ ।
शनिबार मात्रै अमेरिकामा ७ हजार ६८६ नयाँ कोरोनाका बिरामी भेटिएका छन् । योसँगै अमेरिकामा समग्र संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ ।
संक्रमणसँगै अमेरिकामा मृत्युदर पनि बढेको छ । वर्ल्डओमिटर्सका अनुसार, शनिबार मात्रै यहाँ कोरोनाका कारण ८४ जनाको ज्यान गएको थियो । कोरोना लक्षण देखिएका ८४ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४० पुगेको छ ।
त्यस्तै, स्पेनमा पनि एकै दिन २८५ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण स्पेनमा ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ । स्पेनको कुल कोरोना संक्रमितको संख्या भने २५ हजार ४९६ छ ।
प्रतिकृया दिनुहोस