• सम–सामयिक

    मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार जना पक्राउ

      ओमकार टाईम्स


    जनकपुरमा मास्क र सेनिटाइजरको अभाव रहेको स्थानीय प्रशासनमा गुनासो बढेपछि बजार अनुगमनलाई तीव्रता दिइएको छ ।

     

    जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवालाहरुको संयुक्त बजार अनुगमन टोलीले पसलहरुमा अनुगमन सुरु गरेका हुन् ।

     

    अनुगमनको क्रममा पसलमा मास्क र सेनिटाइजर हुँदाहुँदै छैन भनेर लुकाएर राखेका ४ जनालाई अनुगमन टोलीले पक्राउ गरेको छ ।

     

    जनकपुरस्थित सुस्मिता मेडिकलबाट सर्लाही जिल्ला बरहथवा नगरपालिका–८ घर भएका सञ्जय साहलाई माक्सको कालो बजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

     

    जनकपुरको भमरपुराचोकस्थित अटल फार्मेसीबाट धनुषा लक्ष्मीनिया गाउँपालिका–३ का २६ वर्षीय अनिल यादव र जिल्ला महोत्तरी जलेश्वर नगरपालिका–६ का ३० वर्षीय प्रभन्स चौधरीलाई सेनिटाइजरको कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको छ ।

     

    टोलीले सम्पूर्ण मेडिकलबाट जनकपुर–४ का ३२ ३२ वर्षीय सञ्जय साहलाई मास्कको कालो बजारी गरिरहेको अवस्थामा पक्राउ गरिएको बजार अनुगमन टोलीले जनाएको छ ।

     

    पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान भई रहेको छ ।

    प्रतिकृया दिनुहोस