• सम–सामयिक

    टेकु अस्पतालमा करार सेवामा स्वास्थ्यकर्मी माग

      ओमकार टाईम्स


    कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको आशंकामा अस्पताल आउनेहरुलाई छिटो सेवा दिनका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले थप स्वास्थ्यकर्मी माग गरेको छ ।

     

    सम्भावित संक्रमितको परीक्षण तथा निगरानीको प्रमुख जिम्मेवारी पाएको अस्पतालले कोरोना भाइरस विरुद्धको अभियानका लागि तत्काल आवश्यक परेका थप जनशक्तिको पदपूर्ति करार सेवा मार्फत गर्ने तयारी गरेको हो ।

     

    टेकु अस्पतालले तीन महिनाको करार अवधिका लागि कन्सलटेण्टसहित स्टाफ नर्ससम्मको आवेदन आह्वान गरेको छ । अस्पतालले आइतबार प्रकाशित गर्दै कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ्ग अधिकृत चारजना र स्टाफ नर्स २६ जनाका लागि आवेदन खुलाएको हो ।

     

    योग्यता पुगेका उम्मेदवारले पाँच दिनभित्र टेकु अस्पतालमा आवेदन दिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस