• सम–सामयिक

    ‘कोभिड-१९ विरुद्धको लडाइँमा सरकारका रणनीति पालना गर्ने कांग्रेस प्रतिबद्ध’

      ओमकार टाईम्स


    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड —१९) विरुद्धको लडाइँमा सरकारसँगै रहेको जनाएको छ ।

     

    कांग्रेसले कोभिड—१९ विरुद्धको सरकारले अघि सारेका रणनीतिहरूको पालना गर्ने प्रतिबद्धता जनाउँदै यो अवस्थामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाविरुद्धको लडाइँका लागि सरकार र प्रतिपक्ष नभनेर सबै एकजुट हुनुपर्ने बताए ।

     

    शर्माले पार्टीको क्रियाशिल सदस्यता वितरण र नवीकरणका कामहरूसमेत पार्टीले तत्कालका लागि स्थगित गरेको बताएका छन् । चैत ९ गतेबाट चैत मसान्तसम्मका लागि सदस्यता वितरण र नवीकरणका कामहरू रोकिएको उनले बताए ।

     

    फागुन दोस्रो हप्ताबाट पार्टीका सांगठनिक कार्यक्रममा रोक लगाइएको उल्लेख गर्दै शर्माले कोरोनाको सचेतना अभियानमा सक्रियताका लागि पार्टी कार्यालय भने खुला रहने बताए । सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ९ गतेबाट २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने, १० गतेबाट लामो दूरीका यातायातका साधन बन्द गर्ने निर्णय गरिसकेको छ । यसैगरी १८ गतेसम्म सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवासमेत बन्द गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस