• सम–सामयिक

    नेपालालाई कोरोनासँग जुघ्न ज्याक माले सहयोग गर्ने

      ओमकार टाईम्स


    काठमाडौं : नेपालसहित ९ एसियाली मुलुकलाई प्रख्यात चीनका व्यवसायी ज्याक माले आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् । उनले विश्वव्यापी महामारी कोरोनासँग जुघ्न स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

     

    उनले १८ लाख मास्क, दुई लाख १० हजार टेस्ट किट, ३६ हजार प्रोटेक्टिभ सुट, केही भेन्टिलेटर र थर्मोमिटर दिने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

     

     

    उनले ट्वीटमा लेखेका छन्–‘यो चाँडै पुर्याउन सहज छैन, तर हामी यो सम्पन्न गर्ने छौं ।’उनले सहयोग गर्ने मुलुकमा नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, मालदिभ्स, मंगोालिया, म्यानमार, पाकिस्तान र श्रीलंका छन् । तर, कुन मुलुकलाई कति दिने उख्खे छैन ।

     

    ज्याक माले अमेरिकालगायत अन्य मुलुकलाई यसअघि नै सहयोग घोषणा गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस