• सम–सामयिक

    जनकपुर १९ मा डकैती, ६ लाखको सामान लुटियो

      ओमकार टाईम्स


    जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा गएराति एकजनाको घरमा डकैती भएको छ । उपमहानगरपालिका वडा नम्बर १९ का दिनेश कुमार साहको घरबाट डकैतीले करिब ६ लाखको धनमाल लुटेर लगेका छन् ।

     

    ४ जनाको समूहमा रहेका डाँकाहरु मध्यरातमा साहको घरमा प्रवेश गरि साह लगायत उनका परिवारका अन्य सदस्यहरुलाई समेत कुटपिट गरि घरभित्र रहेका दुईवटा ल्यापटप, सुनको मंगलसुत्र, कान र नाकको बाली, मोवाईल, नगदलगायत गरि करिब ६ लाखको सरसमान लुटेर लगेको उनले जानकारी दिए ।

     

    लुटपाटमा अवरोध पुर्याएपछि डाँकाको समूहले साहको परिवारका सदस्यहरुलाई कुटपिट गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको र डाँकाहरु पनि चाँडै पक्राउ पर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस