• सम–सामयिक

    समाजिक सञ्जालमा कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान

      ओमकार टाईम्स


    काठमाडौं : नेपाल प्रहरीले नेपालमा कोरोनाभाइरस भित्रिइसकेको भनेर सामाजिक सञ्जालमा भाइरल भइरहेको एक अडियोबारे अनुसन्धान शुरु गरेको छ ।

     

    प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीका अनुसार सामाजिक सञ्चालनमा भाइरल भएको अडियोको विषयमा प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ ।

     

    प्रहरीका केन्द्रीय प्रवक्ता क्षेत्रील भने–‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान शुरु भएको छ ।’

     

    उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही गर्ने हुने चेतावनी दिए ।

     

    उक्त ५८ सेकेन्डको अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोनाभाइरस भित्रिइसकेको भनेका छन् । साथै सो व्यक्तिले ९ जनामा कोरोना चेक गर्दा ६ जनामा कोरोना भएको पुष्टि भएको समेत बताएका छन् ।

     

    यता सो अडियोबारे नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले अनुसन्धान भइरहेको बताए ।

     

    उनले अडियोको प्राविधिक पाटोबारे अध्ययन भइरहेको बताए ।

     

    यता सरकारले कोरोनाभाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस