• देश

    सार्वजनिक सवारी बन्द गर्ने सरकारको तयारी

      ओमकार टाईम्स


    काठमाडौं : सरकारले काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालेको छ । कोरोनाभाइरस संक्रमण फैलिएमा सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात हुने भएकाले काठमाडौं उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।

     

    आज (शुक्रबार) राति ६ः३० बजे बस्ने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा सवारी बन्दको निर्णय गर्न तयारी भएको छ ।

     

    शुक्रबार साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।

     

    गत बुधबार समितिले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको थियो ।

     

    त्यसैगरी यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको रुटपरमिट खुला गरेको छ ।

    प्रतिकृया दिनुहोस