• विदेश

    मुख्यमन्त्री कमलनाथद्वारा राजीनामा

      ओमकार टाईम्स


    काठमाडौं : भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले राजीनामा दिएका छन् ।

     

    केही सातादेखि चलेको राजनीतिक उथलपुथलकाबीच १५ वर्षपछि बनेको भारतीय कांग्रेसको सरकार १५ महिनामा ढलेको हो ।

     

    आफ्नो पार्टीका सांसदहरुले पार्टी छोडेपछि संकटमा परेको उनको भनाई छ । सरकारलाई सर्वोच्च अदालतले शुक्रबार ५ बजेभित्र बहुमत लिन निर्देशन दिएपछि बहुमत साबित गर्नुअघि नै उनले राजीनामा दिएका हुन् ।

     

    उनले पत्रकार सम्मेलन गरेर आफूले राजीनामा दिएको घोषणा गरे । २ सय ३० सदस्यीय मध्ये प्रदेश विधान सभामा सन् २०१८ मा भएको निर्वाचनमा कांग्रेसले १ सय १४ सिटमा जीत हाँसिल गर्दै स्वतन्त्र विधायकसँग मिलेर सरकार बनाएको थियो ।

     

    तर कांग्रेसका २० भन्दा बढी विधायकले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । कांग्रेसका युवा नेता ज्योतिरदित्य सिन्धियाले कांग्रेस छोडेर भारतीय जनता पार्टीमा प्रवेश गरेपछि उनी समर्थक विधायकले सांसदबाट राजीनामा गरेका थिए ।

     

    अब १ सय ९ सिटमा जीत हाँसिल गरेको भारतीय जनता पार्टीले मध्ये प्रदेशमा सरकार बनाउने सम्भावना देखिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस