काठमाडौं : कोरोनाभाइरस संक्रमणलाई लक्षित गर्दै ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि मापसे जाँच रोकिने तर अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने बताए ।
अर्को सूचना जारी नभएसम्मका लागि मापसे जाँच स्थगित गरिएको उनले बताए ।
उनले पहिले जस्तो मेसिन लगाएर चेक नगर्ने तर, लरबराउँदै कोही आउँछ भने त्यस्ता व्यक्तिाई अस्पताल लगेर परीक्ष गरिने र आफन्तको जिम्मा लगाउने बताए ।
साथै ट्राफिकले मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरेको छ ।
प्रतिकृया दिनुहोस