काठमाडौं : कोरोना संक्रमणका कारण देशभरका अदालतहरु आइतबारदेखि दुई हप्ता बन्द हुने भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बन्दी प्रत्यक्षीकरणका रिटहरुमाथि भने कारवाही रोकिने छैन । यो बाहेक अन्य नियमित मुद्दाहरुको सुनवाई दुई हप्ता रोकिने सर्वोच्च अदालतले जनाएको छ ।
प्रतिकृया दिनुहोस