सान नेपाल
कोरोना भाइरसको त्रास बढिरहेको बेला हेन्ड सेनिटाइजरको माग पनि ह्वात्तै बढेको पाईन्छ । कालोबजारीहरुले सेनिटाइजरमा समेत कालोबजारी गर्नेहरू सकृय हुन थालेका छन् । साबुनपानीले सफा संग हात धोएमा कोरोना भाइरसको संक्रमण हुन पाउदैन । यद्यपि साबुन पानी समेत नहुदा वा घर बाहिर निस्किदा हेन्ड सेनिटाइजर अति महत्त्वपूर्ण हुन्छ । बजारमा अत्यन्तै महंगो पर्ने जम्स किलर सेनिटाइजर घरमा आफै बनाउन सकिन्छ भन्ने तथ्यलाई यहाँ पस्कनु समय सान्दर्भिक रहेकोेले सेनिटाइजर बनाउने घरेलु बिधि यहाँ प्रस्तुत गरिएको छ ।
यसको लागि सर्व प्रथमतः हामीलाई आइसो प्रोपाइल अल्कोहलको आवश्यकता पर्छ । यो अल्कोहललाइ रविङ अल्कोहल पनि भनिन्छ । यो एक प्रकारको एन्टिसेप्टिक हो । रविङ अल्कोहल आफ्टर सेभ, ह्यान्ड लोसन आदिमा प्रयोग गरिएको हुन्छ । रविङ अल्कोहल बजारमा निकै सस्तो मुल्यमा पाउन सकिन्छ । रविङ अल्कोहलका अतिरिक्त हामीलाई एलोभेरा जेल, बदामको तेल र ओलिभ ओइलको आवस्यकता पर्दछ । ओलिभ ओइल नभएमा नरिवलको तेलले पनि काम चलाउन सकिन्छ ।
बिधि
#रविङ अल्कोहल आइसो प्रोपाइल १ भाग
#एलोभेरा जेल दुई भाग
#बदाम तेल, ओलिभ ओइल वा कोकोनट ओइल मध्ये कुनै एउटा १ टेबल स्पुन
एउटा सफा भाडोमा माथि उल्लेखित मात्रा अनुसार मिसाउने र राम्रो संग घोल्ने ।
यसरी तैयार भएको घोललाइ बास्नादार बनाउनको लागि एसेन्सियल (ल्वाङको तेल वा अरु कुनै बास्नादार तेल)ओइलको प्रयोग गर्न सकिन्छ ।
अन्त्यमा यसरी तैयार गरिएको ह्यान्ड वाश प्रयोगमा आइसकेका डब्बाहरुमा प्याक गरेर राख्ने ।डब्बाको बाहिर पट्टि ह्याम्ड वाश लेखिएको हाते स्टिकर टास्न नभुल्नु होला किनभने स्टिकरले उत्पादित सामाग्रीको बारेमा सबैलाई जानकारी हुन्छ ।
सेनाइटाइज बनाउने विधि पढ्नु भएकोमा तपाईंलाई धेरै धन्यवाद । कृपया यो सन्देश शेयर गरेर सहयोग पुर्याइदिनु होला । कोरोना जस्तो भयावह महामारी बाट आफू पनि बचौं अरुलाइ पनि वचाऔं ।
प्रतिकृया दिनुहोस