काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो।
राष्ट्रिय सभा बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। संक्रमणको जोखिमलाई हेरेर बैठक स्थगित गरिएको संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।
प्रतिनिधि सभाको पनि आजै बस्ने भनिएको बैठक एक साताका लागि सारिएको छ। अर्को बैठक १३ गते बस्नेछ।
प्रतिकृया दिनुहोस