• विदेश

    कोरोना भाइरसविरुद्ध ‘जनता कर्फ्यु’ लागू गर्न मोदीको अपिल

      ओमकार टाईम्स


    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको संक्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही साता अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र सकेसम्म घरबाटै काम गर्न अपिल गरेका छन् ।

     

    बिहीबारराति देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरे ।

     

    प्रधानमन्त्री मोदीले २२ मार्चको बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ‘जनताले जनतामाथि आफैँ जनता–कर्फ्युु लगाउन अपील गरे । त्यसको अनुभवले अन्य चुनौती सामना गर्न तयार पार्ने उनको भनाइ छ।

     

    मोदीले भने, ‘म आज प्रत्येक देशवासीसँग एउटा अर्को समर्थन माग्दैछु। त्यो हो जनता कर्फ्यु अर्थात् जनताका लागि जनताद्वारा आफैँमाथि लगाइएको कर्फ्यु । २२ मार्चका दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म सबै देशवासीले जनता–कर्फ्यु पालना गर्नुपर्ने छ।’

     

    मोदीले कोरोनाभाइरसको महामारीले विश्वभरि पूरै मानवजातिलाई नै संकटमा पारिदिएको उल्लेख गरेका छन् ।भारतीय नागरिकहरूले कोरोनाभाइरसको महामारीको डटेर सामना गरिरहेको बताउँदै उनले प्रत्येक नागरिक सहज र सतर्क रहन आवश्यक रहेकोमा जोड दिए ।

     

    अहिले विश्वका ठूल्ठूला तथा विकसित देशहरूले कोरोनाभाइरसको महामारी झेलिरहेको पृष्ठभूमिमा भारत त्यसबाट प्रभावित नहुने सोच्नु गलत हुने मोदीको भनाइ छ।

    प्रतिकृया दिनुहोस