• विदेश

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमाभन्दा इटलीमा धेरैको मृत्यु

      ओमकार टाईम्स


    काठमाडौं : कोरोना भाइरसका कारण विश्व यतिखेर आतंकित छ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोनाभाइरसले विश्वभर अहिलेसम्म १० हजार ४८ जनाको मृत्यु भएको छ ।

     

    २ लाख ४५ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म ८८ हजार संक्रमणबाट निको भएर फर्किएका छन् । पछिल्लो समय कोरोनाले चीनमा भन्दा इटलीमा बढी मानिसको मृत्यु भएको छ।

     

    चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

     

    संक्रमितको संख्या भने इटलीमा भन्दा अझै चीनमा बढी छ । बिहीबार मात्रै इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

     

    चीनमा भने बितेको २४ घण्टामा मात्रै ३ जनाको ज्यान गएको छ । त्यसपछि सबैभन्दा बढी इरानमा देखिएको छ । इरानमा अहिलेसम्म १२८४ जनाको मृत्यु भइसकेको छ ।

     

    स्पेनमा ८३१ जना, जर्मनीमा ४४ जना, अमेरिकामा २१८ जना, फ्रान्समा ३७२ जना, दक्षिण कोरियामा ९४ जना, बेलायतमा १४४ जना कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

    प्रतिकृया दिनुहोस