काठमाडौं : गोरखाको सबैभन्दा धेरै यात्रुको भीडभाड हुने मनकामना केबलकार चैत मसान्तसम्मका लागि बन्द हुने भएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट जोगिन तथा जोगाउनका लागि सेवा बन्द गर्ने निर्णय गरेको मनकामना केवलकार प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए।
मनकामना केवलकारमा दैनिक करिब तीन हजारदेखि नौ हजार जनासम्म यात्रु आवतजावत गर्ने मनकामना दर्शन प्रालिले जनाएको छ।
प्रतिकृया दिनुहोस