• देश

    त्रिवि अन्तर्गतका क्याम्पसमा अहिले दिइएका सबै बिदा बर्खे बिदामा मिलान हुने

      ओमकार टाईम्स


    काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा शुक्रबारदेखि चैत मसान्तसम्म हुने भनिएको बिदा आउँदो वर्षे बिदाबाट मिलान हुने भएको छ ।

     

    त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि सबै पठनपाठन बन्द गर्ने र अहिले दिइएको बिदालाई आउँदो वर्षे बिदाबाट मिलान गर्ने निर्णय गरेको हो । अहिले बिदामा बसेका शिक्षक, कर्मचारी र विद्यार्थीले वर्षे बिदा बस्न नपाउने परिषद्को सचिवालयका प्रवक्ता सूर्यप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

     

    यस्तै परिषद्को बैठकले शुक्रबारका सबै परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डिनको कार्यालयलाई निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अन्तर्वार्ता र परीक्षा कार्यक्रमका विषयमा भने सेवा आयोगले सूचना निकालेर जानकारी गराउने परिषद्ले जनाएको छ ।

     

    कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको डरले परीक्षा र पठनपाठन बन्द भए पनि विश्वविद्यालयको नियमित प्रशासनिक काम भने यथावत् रहनेछ ।

     

    यसअघि कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा धेरै सङ्ख्यामा भेला नहुन आग्रह गर्दै सूचना निकालेकोले त्यसैअनुसार गर्न परिषद् बैठकले छात्रावासहरुलाई पनि निर्देशन दिएको छ ।

     

    प्रतिकृया दिनुहोस