विराटनगर । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि १ नम्बर प्रदेशसभाको हिउँदे अधिवेशन स्थगित भएको छ ।
सरकारले २५ जनाभन्दा बढि भेला नहुन सुचित गरिसकेकोले बिहीबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारण हिउँदे अधिवेशन स्थगित भएको हो ।
कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि हिउँदे अधिवेशन स्थगन गरेको १ नम्बर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । अर्को सूचना नआउन्जेलका लागि प्रदेशसभाको अधिवेशन स्थगन गरिएको हो ।
बिहीबारको बैठक अगाडि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अधिवेशन स्थगन गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस