दिल्लीको सफदरजंग अस्पतालमा बुधबार राति कोरोना भाइरसका एक संदिग्ध विरामीले अस्पतालबाट हामफालेर आत्महत्या गरेका छन् ।
कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका बिरामीले ७ औं तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । हालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका ३५ वर्षीय व्यक्ति हालै अस्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए । उनलाई अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो ।
ती व्यक्तिको नामुना कोरोना भाइरस परीक्षणका लागि पठाइएपनि अझै रिपार्ट नआएको अस्पतालका अधिकारीलाई उदृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ । ती युवा पञ्जाबको शहीद भगत सिंह नगर जिल्लाका भएको जनाइएको छ ।
दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आएपछि उनले टाउको दुखेको बताएका थिए । त्यसपछि बुधबारराति ९ बजे उनलाई सफदरजंग अस्पताल भर्ना गरिएको थियो ।
उनका परिवारका सदस्य पनि विमानस्थलमा गएर कुराकानी गरेको र अस्पतालसँग पनि सँगै गएको प्रहरीले जनाएको छ । प्रहरीले मृतकका परिवारलाई मृत्युबारे जानकारी गराएको बताएको छ ।
प्रतिकृया दिनुहोस