• देश

    कोरोना भाइरस त्रास : उपत्यकाबाट बाहिरिनेकाे संख्या बढ्यो

      ओमकार टाईम्स


    पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम बढेको छ ।

     

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ ।

     

    नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवर विगतका दिनभन्दा हिजो र आज उपत्यका बाहिर जाने यात्रुको सङ्ख्या बढेको बताए ।

     

    घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो ।

     

    महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सकिएकाले बिदा मनाउनका लागि उपत्यका छोड्ने क्रम बढेको हो ।

     

    महाशाखाका अनुसार हिजोदेखि आजसम्म विभिन्न नाका हुँदै १८ हजार १ सय ८० यात्रु बोक्ने सार्वजनिक सवारीसाधन उपत्यका भित्रिएका छन् । त्यस्तै १८ हजार ४ सय ४१ सवारी साधन बाहिरिएका छन् ।

     

    अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि पछिल्लो समय ९० हजार धेरै मानिस बाहिरिएका छन् । रासस

    प्रतिकृया दिनुहोस