• राजनीति

    कोरोना त्रास : अत्यावश्यक बाहेकका प्रचण्डका सबै भेटघाट बन्द

      ओमकार टाईम्स


    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट कार्यक्रम स्थगित गरेका छन् । विश्वभर फैलिएको कोभिड-१९ का (कोरोना भाइरस) कारण अत्यावश्यक बाहेक अन्य भेटघाट स्थगित गरेको प्रचण्डकी छोरी गङ्गा दाहालले जानकारी दिइन् ।

     

    उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छिन, ‘विश्वभर महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पूर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।’

     

    बुधवार मात्रै नेकपाको सचिवालय बैठक बसेको थियो ।

     

    कोरोना भाइरसको संक्रमण त्रासले आजबाट सुरु हुने तयारी भएको एसईई परीक्षा स्थगित भएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमणको उच्च सतर्कता अपनाउन अत्यावश्यक कामबाहेक हिँडडुल नगर्न बुधवार रोक लगाएको थियो ।

     

    त्यस्तै अप्रिल ३० सम्मका लागि सरकारले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेल स्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ ।

     

    त्यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।

    प्रतिकृया दिनुहोस