• सम–सामयिक

    गृह मन्त्रालयले लियो एसएसपी राणासँग बयान

      ओमकार टाईम्स


    काठमाडौं : बलात्कार मुद्दामा पक्राउ परी साधारण तारेखमा छुटेका नेपाल प्रहरीका निलम्बित एसएसपी सौरभ राणासँग गृह मन्त्रालयले बयान दिएको छ ।

     

    राणामाथि गृहले छानबिन समिति बनाई बयान लिएको हो ।

     

    प्रहरी प्रधान कार्यालयले राणामाथि थप छानबिन नै नगरी निलम्बन फुकुवाका लागि पत्राचार गरेको थियो । राणामाथि छानबिन नगरि निलम्ब फुकुवाका लागि पत्राचार गरिपछि गृहले आफैँ छानबिन अघि बढाएको हो ।

     

    ‘पीडित महिलालाई फकाएर कुरा फेर्न लगाएको देखिन्छ । जाहेरी दिने महिलासँग उनको १० वर्ष भन्दा लामो सम्बन्ध रहेको खुलेको छ ।’ अनुसन्धानमा आबद्ध गृहका एक अधिकारीले भने ।

     

    छानबिन प्रतिवेदनका आधारमा विभागीय कारबाही गरेपछि मात्र राणाको निलम्बन फुकुवा गर्ने गृह मन्त्रालयको तयारी छ ।

     

    गत माघको दोस्रो साता जिल्ला प्रहरी कार्यालय सुनसरीमा एसएसपी राणाविरुद्ध जबर्जस्तीकरणीको जाहेरी परेको थियो

    प्रतिकृया दिनुहोस