काठमाडौं : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि बुधबार राति बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।
भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले–‘डा. बाबुराम भट्टराईको मुटुमा समस्या देखिएको महशुस भएपछि हिजो राति ७ बजे अस्पताल भर्ना गरिको हो । उहाँको एन्जियोग्राफी लगायतको परीक्षण गरिएको छ । प्रारम्भीक सबै परीक्षण रिपोर्ट राम्रो देखिएपछि उहाँलाई आज डिस्चार्ज गर्ने तयारी भएको छ ।’
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले डा. भट्टराईको उपचार गरेको थियो ।
चिकित्सकहरुले बाबुरा भट्टराईको लमसल पेन भनेका छन् । यद्यपि उनको मुटुको चाल चिकित्सकको निगरानीमा राखेर अध्ययन गरिँदैछ ।
प्रतिकृया दिनुहोस