मकवानपुर । अवैध भारतीय रुपैयाँसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । ९ लाख ९९ हजार भारतीय रुपैयाँसहित हेटौंडा रातोमाटेबाट प्रहरीले दुईजना भारतीयलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बैरातपुरका ३१ वर्षीय विजय चौधरी र भारत नहेटीका ३८ वर्षीय शंकर सरकार रहेका छन् । हेटौंडा उपमहानगरपालिका– १५ रातोमाटेका प्रहरीले वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोलाई चेकजाँच गर्दा अवैध भारतीय रुपैयाँ फेला परेको प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताउनुभयो ।
२ सय, ५सय, हजार र २ हजारको प्रतिबन्धित रुपैयाँ बोकेर हिँडेकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
प्रतिकृया दिनुहोस