• सम–सामयिक

    विद्यार्थीसँग घुस लिने प्रधानाध्यापक अख्तियारको फन्दामा

      ओमकार टाईम्स


    जनकपुरधाम : माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको प्रवेशपत्र उपलब्ध गराउने नाममा परीक्षार्थीबाट घुस लिएको आरोपमा प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरिएको छ ।

     

    धनुषाको मिथिला नगरपालिका वडा नम्बर–२ नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्र महतोलाई बुधबार दिउँसो अख्तियारको टोलीले २ हजार रघुसहित पक्राउ गरेको हो ।

     

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सो विद्यार्थीसँग २ हजार घुस लिएको उजुरीको आधारमा महतोलाई पक्राउ गरेको हो ।

     

    श्रोतका अनुसार प्रअ महतोले ती विद्यार्थीलाई परीक्षा फारम वापत ५–७ हजार रुपैयाँ खर्च गर्न भनेका थिए । तर, विद्यार्थीले आफूले त्यति रकम तिर्न नसक्ने भनेपछि प्रअ महतोले उनीसँग दुई हजार रुपैयाँमै बार्गेनिङ्ग गरेका थिए।

     

    पक्राउ गरिएका प्रअ महतोलाई थप अनुसन्धानका लागि अख्तियारको टोलीले बर्दिबास लगेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस