• सम–सामयिक

    १० लाखभन्दा बढी सर्जिकल मास्क तथा ह्याण्ड स्यानिटाइजरसहित ३ जना पक्राउ

      ओमकार टाईम्स


    प्रहरीले छुट्टाछुटै स्थानबाट १० लाखभन्दा बढी सर्जिकल मास्क तथा ‘ह्याण्ड’ स्यानिटाइजरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाका युवराज न्यौपाने, विना घिमिरे र रुपेश रौनियार छन् ।

     

    उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बजारभाउभन्दा महँगो मूल्यमा बेच्न लागेको सर्जिकल मास्क, ‘ह्याण्ड’ स्यानिटाइजरसहित सानोभर्‍याङ, न्यूरोड र महाराजगञ्जबाट पक्राउ गरेको हो ।

     

    युवराज न्यौपानेको साथबाट १० लाख मास्क, बिना घिमिरेको साथबाट १४ हजार र रौनियारले न्युरोडमा १ हजार बढी ‘ह्याण्ड’ स्यानिटाइजर लुकाएको बजार भाउभन्दा बढी मूल्यमा बिक्री गर्न लागेको आरोपमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।

     

    विश्वभर कोरोना भाइरसले महामारीको रूप लिएपछि नेपाली बजारमा सर्जिकल मास्क र ‘ह्याण्ड’ स्यानिटाइजरको कालो बजारी भएको छ । यसअघि समेत प्रहरीले काठमाडौं डल्लु, सतुङ्गल र कपनबाट गरी करिब १५ लाखभन्दा बढी मास्क बरामद गरेको छ ।

    प्रतिकृया दिनुहोस