काठमाडौं : प्रहरीलाई छल्न लागुऔषध तस्करहरूले अनेकौ हतकण्डा अपनाउँदै आएका छन्। प्रहरीको पछिल्लो अपरेसनमा तेलको जर्किनभित्र लागुऔषध लुकाएर ल्याउने गरेको प्रहरीले फेला पारेको छ।
लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले गत शनिबार कलंकीबाट पर्सा वीरगंजकी मैयादेवी श्रेष्ठ र ज्योती बराललाई पक्राउ गर्यो। उनीहरूले तेलको जर्किनभित्र फर्मस्युटिकल ड्रग (डाइजेपाम, बुप्रेनर्फिन र फेनारगन) तीन हजार एम्पुल लुकाएर ल्याएका थिए। सुरुमा तेल ल्याएको प्रहरीलाई खुलाए पनि एनसीबीलाई यी दुई महिलाको हुलियाबारे वीरगंजबाट पहिल्यै सूचना आएको थियो।
पक्राउ पर्नेबित्तिकै उनीहरूलाई एनसीबीको कोटेश्वरस्थित कार्यालयमा ल्याएर प्रहरीले केरकार गरे। बयानमा दुवैले भारत बिहार राज्य मोतिहारी पूर्वी चम्पारणका विशाल कुमार र रामविकास कुमार राम नामका दुई व्यक्तिबाट यी परिमाणका फर्मास्युटिकल ड्रग ल्याएको खुलाए। एनसीबीले वीरगंजमा खटिएको प्रहरी टोलीसँग समन्वय गरेर दुवैलाई पक्राउ गर्यो।
एनसीबीका निमित्त प्रमुख एसएसपी बसन्त लामाकाअनुसार कुमार र राम लामो समयदेखि नेपालमा फर्मास्युटिकल ड्रग भिœयाउने गिरोहका सदस्य हुन्। ‘अरु बेला भरिया पक्राउ पर्थे तर छोटो सूचनाको आधारमा कारोबारी नै फेलापरे,’ लामाले भने, ‘अहिले जति पनि दुव्र्यसनीहरू छन्, अधिकांशले यही प्रयोग गरेको देखिन्छ।’ एनसीबीले पक्राउ गरेकोमध्ये मैयादेवी श्रेष्ठ पनि फर्मास्युटिकल ड«गको खुद्रा व्यापारी हुन्।
उनी यसअघि पनि पक्राउ परेर दुई लाख धरौटी बुझाएर छुटेकी थिइन्। मैयादेवीमार्फत उक्त ड्रग दुव्र्यसनीसम्म पुग्ने प्रहरी अनुसन्धानले देखाएको छ। सन् २०१९ मा मात्रै ५१ हजार पाँच सय ४१ एम्पुल बुप्रेनर्फिन, ५२ हजार आठ सय ५३ एम्पुल डाइजेपाम र ५१ हजार दुई सय १७ एम्पुल फेनारगन बरामद गरेको एनसीबीले जनाएको छ।
एसएसपी लामाले भने, ‘अबको मुख्य चुनौती भनेकै फर्मास्युटिकल ड्रग नै हो। हामीले अपरेसन छाडेका छैनौं। तस्करले पनि कारोबार छाडेका छैनन्। दुव्र्यसनी बढेका बढ्यै छन्।’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित एनसीबीका नौ वटा स्याटालाइट युनिट छन्। महेन्द्रनगर, नेपालगन्ज, भैरहवा, वीरगन्ज, पोखरा, विराटनगर, काकडभिट्टा र सुर्खेतमा एनसीबीको युनिटले लागुऔषध नियन्त्रण र रोकथामको काम गर्दै आएको छ।
वीरगन्ज, काकडभिट्टा र भैरहवाको सुनौली नाकाबाट फर्मास्युटिकल ड्रगको धेरै तस्करी हुने गरेको एनसीबीको अनुसन्धानले देखाएको छ। लामाले भने, ‘गाँजा खाएपछि परिवारले गन्धले थाहा पाउने भएपछि दुव्र्यसनीले सुइमार्फत फर्मास्युटिकल ड्रग प्रयोग गर्ने गरेको देखियो। यसले गाँजाभन्दा अझ बढी मनोद्विपक भ्रम छर्ने गरेको दुव्र्यसनीको बुझाइ छ।’
एनसीबीको बुझाईमा प्राय स्कुल र कलेजमा पढ्ने विद्यार्थीहरू फर्मास्युटिकलको लतमा फस्ने गरेका छन्।
प्रतिकृया दिनुहोस