काठमाडौं : काठमाडौंमा किशोरीमाथि सामूहिक बलात्कार भएको छ । चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरीमाथि सामूहिक बलात्कृत भएको हो ।
घटनाको सूचना पाएलगत्तै प्रहरीले घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरीमाथि बलात्कार भएको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठका अनुसार किशोरी बलात्कारमा संलग्न ३ जनालाई तत्काल नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१ दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२ रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।
मंगलबार बिहान ३ जना युवकले गाडी चढ्न सडक किनारमा उभिएकी युवतीलाई गन्तव्यमा पु-याइदिने भन्दै सडक किनारमा रोकिएको ट्रकमा लगेर तीनै जनाले किशोरीमाथि सामूहिक बलात्कार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले बलात्कृत किशोरीको उद्दार माइती नेपालको संरक्षणमा राखिएको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस