चैत ४ गते स्थानीय युवाले सो बालुवाखानीमा गएर मेसिनको चाबी नियन्त्रणमा लिएको विषयमा विवाद भएपछि प्रहरी चौकी भट्टेडाँडमा उजुरी परेको थियो ।
सोही उजुरी मिलाउन गएको समयमा महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएका इन्स्पेक्टर राज लम्साल नेतृत्वको टोली गएर वडा अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना र सदस्यहरु नवराज खड्का तथा गोविन्द दाहाललगायत ६ जनालाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीले आदेश दिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘जबरजस्ती गरे गोली समेत हान्नु भन्ने आदेश गरी लछार पछार, ज्यादतीपूर्ण व्यवहार गरेको हुँदा उक्त कार्यप्रति घोर भत्र्सना गर्दै सम्बन्धित निकायबाट छानविन गरी प्रहरी अधिकृकतलाई कारबाही नभएसम्म भट्टेडाँडा वडा कार्यालय र स्थानीयबासिन्दाद्वारा चैत ६ गतेदेखि दुध तथा तरकारी गाडी, एम्बुलेन्स र अत्यावश्यक सवारी साधनहरुबाहेक अन्य सवारी साधन भट्टेडाँडा–३ मा पर्ने तिनपाने देखि तामाखानीसम्मको कान्ति लोकपथ खण्ड अनिश्चितकाल बन्द हुने कुरा यसै विज्ञप्तिमार्फत सर्वसाधारणमा जारी गरिन्छ ।’
यस विषयमा प्रतिक्रिया लिँदा वडा अध्यक्ष तिमिल्सिनाले आफूहरु छपेलीमा रहेको बालुवाखानीका विषयमा उत्पन्न विवाद मिलाउन जाँदा प्रशासनले ज्यादती गरेका कारण आफूहरुले बाध्य भएर बन्द आव्हान गर्नुपरेको दाबी गरे ।
प्रतिकृया दिनुहोस