• स्वास्थ

    कोशी अस्पतालमा आइसोलेसन वार्ड तयार

      ओमकार टाईम्स


    कोरोना भाईरसबाट संक्रमित भएका बिरामीको उपचारको लागि कोशी अस्पतालले आइसोलेसन वार्ड तयार गरेको छ ।

     

    विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका संक्रमित आए तत्काल उपचार थाल्ने गरी ३ वटा वार्डमा १२ वटा बेडको तयारी गरेको कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.संगीता मिश्रले बताइन् ।

     

    न्युनतम मापदण्ड पूरा गरेर बनाएको आईसोलेसनको प्रत्येक वार्डमा हात धुने बेसिन, मुटुको चाल थाहा पाउने कार्डिएक मनिटर राखिने व्यवस्था गरिएको छ ।

     

    संक्रमित बिरामी आईसकेपछि रेफर गर्नु नपरोस भन्ने उद्देश्यले तयारी गरिएको कोशी अस्पतालका कोरोना भाईसरको फोकल पर्सन वरिष्ठ फिजिसियन डा.डिनप्रसाद आचार्यले बताए ।

     

    अस्पतालले बुधबारदेखिनै गेटमै तापक्रम नापेर मात्र अस्पताल भित्र प्रवेश गर्ने व्यवस्थासँगै संक्रमण हुन नदिन अस्पताल परिसर भित्र ६ ठाँउमा हात धुने बेसिन समेत राखेको छ ।

    प्रतिकृया दिनुहोस