• देश

    राष्ट्र बैंक गभर्नर विहीन हुँदै, नियुक्ति प्रक्रिया अझै सुरु भएन

      ओमकार टाईम्स


    काठमाण्डाै – सरकारले गभर्नर नियुक्तिमा ढिलाइ गर्दा बुधबारदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन हुने सम्भावना रहेको छ ।

     

     

    वर्तमान गभर्नर चिरिञ्जिवी नेपालले मङ्गलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि नेपाल राष्ट्र बैंक गभर्नर विहीन बन्न लागेको हो । गभर्नर अवकाशको एक महिनाअघि नै नयाँ गभर्नरको टुङ्गो लगाउनुपर्ने भए पनि सरकारले यो पटक अहिलेसम्म गभर्नर नियुक्तको प्रक्रिया नै सुरु गरेको छैन ।

     

    राष्ट्र बैंक ऐनमा नयाँ गभर्नर नियुक्तिको लागि मन्त्रिपरिषद्ले अर्थ मन्त्रीको संयोजकत्वमा एक समिति बनाउने र समितिको सिफारिसका आधारमा सरकारले नियुक्त गर्ने उल्लेख भए पनि अहिलेसम्म समिति नै बन्न सकेको छैन ।

     

    प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुँदा मन्त्रिपरिषद्को बैठक नै बस्न नसक्दा समिति गठनमै ढिलाइ हुँदा गभर्नर नियुक्तिको प्रक्रिया नै सुरु नभएको हो । गभर्नरको लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, लगानी बोर्डका सिईओ महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगकका सदस्य मीनबहादुर श्रेष्ठ, पूर्व अर्थसचिव लालशङ्कर घिमिरे, राजन खनाल लगायतको चर्चा रहेको छ ।

     

    चिरिञ्जिवी नेपालले अवकाश पाएपछि मङ्गलबारदेखि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कायम मुकायम गभर्नरको रुपमा काम गर्नुहुनेछ ।

    प्रतिकृया दिनुहोस