• सम–सामयिक

    पनौती पुनः तनावग्रस्त : अनिश्चितकालिन कर्फ्यू जारी

      ओमकार टाईम्स


    काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेले काभ्रेको पनौतीमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

     

     

    हिजो (सोमबार) ट्रिपरको ठक्करबाट आमा–छोरीको मृत्यु भएपछि काभ्रेको पनौती आज (मंगलबार) बिहानैदेखि तनावग्रस्त बनेको छ ।

     

    स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ््यू आदेश जारी गरेको हो । आज बिहान ९ बजेदेखि लागू हुने गरी पनौती बजारमा अर्काे आदेश नभएसम्मका लागि अनिश्चितकालिन कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

     

    सोमबार दिउँसो पनौती बसपार्कमा ट्रिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो ।

     

    सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । सोमबारपनि स्थिति तनावग्रस्त भएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर दुई व्यक्ति घाइते समेत भएका थिए ।

     

    यसकै विरोधमा मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उत्रिएर टायर बाल्दै विरोध प्रदर्शन गरिरहेका थिए । स्थिति नियन्त्रण बाहिर जाने देखिएपनि सो स्थानमा कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी तिमल्सेनाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस