काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपत्यकाका निजी विद्यालयलाई बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न प्रस्ताव गरेको छ।
ट्राफिक जाम व्यवस्थापनका लागि विद्यालयको समय परिवर्तन गर्न प्रस्ताव गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो।
अहिले सबैजसो निजी विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भैरहेका छन् ।
केही निजी विद्यालयले विद्यार्थीलाई टाढाटाढाबाट बसमा ल्याउने गरेकाले कार्यालय जाने र फर्कने समयमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने गरेकाे ट्राफिक प्रहरीकाे भनाइ छ ।
प्रतिकृया दिनुहोस