नेपाली भूमि भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमा स्तम्भ राख्न थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका र बेलडाडी गाँउपालिका सीमा क्षेत्रका नागरिकले स्तम्भ तोडिदिएका छन् ।
नेपाली भूमिमा सीमा पिल्लर गाडिएको भन्दै स्थानीयले उक्त पिल्लर तोडिदिएका छन् । शनिबार उनीहरुले नेपाल भारत संयुक्त सर्वे टोलीले बेलडाँडी गाउँपालिका–३ वैवाह क्षेत्रमा निमार्ण गरेको ७८३÷४ नम्बर पिल्लर हतौडा र ढुङ्गा प्रहार गरेर तोडफोड गरेका छन् ।
साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीमा नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिल्लर गाडेर नेपाली भूमि हड्प्न खोजेको भन्दै स्थानीयले विरोध गरेपछि सर्वेको काम रोकिएको थियो ।
नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम गरिरहेको छ ।
सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका सीमा विवादहरुको अझै समाधान हुन सकेको छैन । थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको छ । भारतसँंग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्याउने काम भइरहँदा केही विवाद देखिएपछि सीमा सर्भे टोलीले उक्त क्षेत्रको काम स्थगित गरेको छ ।
यसअघि विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको हो ।
नेपाली काँग्रेस कञ्चनपुरले क्षेत्रमा स्थलगत अनुगमन गरेको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ वैवाहामा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले हालै निर्माण गरेको ७८३÷४ नम्बरको सीमा स्तम्भ उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरी तोडफोड गरेका छन् । सीमा स्तम्भ तोडफोड गरिएपछि उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ ।
बेलौरी नगरपालिका–१० भुडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा नहर किनारमै खनिएका खाल्डा समेत उनीहरुले पुरिदिएका छन् ।
प्रतिकृया दिनुहोस