• विदेश

    अफगानिस्तानमा पनि १० जनामा कोरोना भाइरस सङ्क्रमण

      ओमकार टाईम्स


    काबुल ;  अफगानिस्तानमा पनि काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको शनिबार प्राप्त एक समाचारमा जनाइएको छ । थप तीन जनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या १० पुगेको बताइएको छ ।

     

     

    अफगानिस्तानको पूर्वी भागमा पर्ने कपिसा प्रान्त र उत्तरी समानगान र बल्ख प्रान्तहरुमा कोभिड–१९ सङ्क्रमणका घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले सार्वजनिक स्वास्थ्य मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

     

    हाल अफगानिस्तानमा कोरोना सकारात्मक देखिएका यी १० मा ७ जना इरानबाट फर्किएका व्यक्तिहरु रहेकाे जनाइएको छ । यद्यपि ३ नयाँ कोरोना भाइरस सङ्क्रमितहरु बाहिरबाट आएको हो वा स्थानीय रुपमा सङ्क्रमित भएका हुन्, तत्काल प्रष्ट भएकाे छैन ।

     

    काबुलमा राष्ट्रिय प्रयोगशालाहरूमा कूल ५२ संदिग्ध घटनाहरू अनुसन्धानरत रहेको जनाइएको छ । – रासस/सिन्ह्वा

    प्रतिकृया दिनुहोस