• देश

    सगरमाथासहित सबै हिमाल आरोहणमा रोक

      ओमकार टाईम्स


    काठमाडौं : नेपाल सरकारले आगामी वर्षको जेठ महिनासम्मको लागि हिमाल आरोहणमा रोक लगाएको छ । कोरोनाभाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिन थालेपछि सुरक्षालाई मध्यनजर गर्दै सरकारले मध्य फागुनदेखि मध्य जेठलाई हिमाल आरोहणमा रोक लगाएको हो ।

     

    नेपालले सगरमाथासहित सबै हिमाल आरोहणमा रोक लगाएको छ ।

     

    त्यसलगत्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले बिहीबार हिमाल आरोहणमा रोक लगाउने निर्णय गरेको हो । यो निर्णयपछि पर्यटन विभागले यस वर्षका लागि अहिलेसम्म जारी भएका र जारी हुने क्रममा रहेका पर्वतारोहणसम्बन्धी सबै अनुमति खारेज गरेको छ ।

     

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पदयात्रामा भने कुनै रोक नलगाइएको जानकारी दिएका छन् ।

     

    पर्वतारोहणका लागि नेपाल आउने जापान, कोरिया तथा युरोप र अमेरिकी मुलुकमा कोरोनाको प्रकोप बढेको सन्दर्भलाई दृष्टिगत गरी आरोहणका अनुमति खारेज गरिएको छ ।

    प्रतिकृया दिनुहोस