• स्वास्थ

    कोरोना संक्रमणको आशंकामा २ युक्रेनीलाई काकरभिट्टा नाकाबाट फिर्ता पठाइयो

      ओमकार टाईम्स


    कोरोना भाइरस संक्रमण भएको आशंकामा दुई जना युक्रेनी नागरीकलाई पूर्वी नाका काँकरभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ ।

     

    भारतका विभिन्न सहर भ्रमण गरी काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतीलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको हो ।

     

    भारतको सिक्किम, दार्जिलिङलगायतका सहर भ्रमण गरी नेपाल प्रवेश गर्न प्रक्रिया पूरा गर्ने क्रममा युक्रेनी नागरीक ४३ वर्षीया ओलेना क्लिन्चो र उनका श्रीमान् ३४ वर्षीय एनड्रीन लार्जेगिनको स्वास्थ्य परिक्षणका क्रममा उच्च ज्वरो देखिएपछि फिर्ता गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

     

    काँकडभिट्टास्थित कोरोना हेल्थ डेक्समा स्वास्थ्य परीक्षणका क्रममा उनीहरु दुवैलाई उच्च ज्वरो देखिएपछि आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको थियो ।

     

    तर, उनीहरुले आइसोलेसनमा बस्न नमानेपछि सहमतिमा नै भारत फर्काइएको प्रमुख जिल्ला अधिकारी रानामगरले बताए ।

    प्रतिकृया दिनुहोस