• देश

    गौतमबुद्ध विमानस्थल २०२१ मा सञ्चालनमा आउने

      ओमकार टाईम्स


    काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगे पनि उपकरण जडानलगायत काममा अवरोध पुगेकाले विमानस्थल सञ्चालनमा ढिलाइ हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

     

    प्राधिकरणका अनुसार विमानस्थलको भौतिक संरचनाको निर्माण करीब ८५ प्रतिशत सकिएको छ । तर, प्राविधिक कामअन्तर्गत उपकरण जडानको काम बाँकी छ । त्यसैले यो सञ्चालनमा आउन करीब ६ महिना लाग्ने र व्यावसायिक रूपमा सञ्चालनमा आउन झन्डै १ वर्ष लाग्ने देखिन्छ ।

     

    भौतिक संरचना तयार भइसक्दा पनि कोरोनाको प्रभावले उपकरण जडानलगायत काम प्रभावित हुने भएकाले गौतमबुद्ध विमानस्थलको सञ्चालन मिति केही लम्बिने प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले बताए ।

     

    ‘भौतिक संरचनामा समस्या छैन । तर, आवश्यक उपकरण चीनबाट ल्याउनुपर्ने छ । जुन काम कारोनाको कारण ढिला हुने देखिन्छ । यसले समग्र परियोजनालाई असर गर्छ,’ उनले भने ।

     

    विमानस्थल सञ्चालनमा आउन केही महीना ढिला भए पनि समग्र परियोजना ‘कन्ट्रोल’ भन्दा बाहिर भने नभएको उनले बताए । सबै काम सकेर विमानस्थल सञ्चालनमा आउन सन् २०२१ कुर्नुपर्ने उनले बताए । समय लाग्न सक्छ ।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ।

    प्रतिकृया दिनुहोस