प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले कोरोना भाइरसको संक्रमणबाट जोगिन शैक्षिक संस्था बन्द गर्न र संसद स्थगन गर्न माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोनाभाइरस विश्वभर प्रकोपका रुपमा फैलिरहेको भन्दै शैक्षिक संस्था बन्द हुुनुपर्ने बताए ।
कोरोनाभाइरस संक्रमण फैलियो भने नेपालले रोक्न नसक्ने भन्दै उनले यो कार्यमा सम्वन्धित निकायको ध्यान जानुपर्ने बताए । विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी का रुपमा घोषणा गरिसकेको छ ।
प्रतिकृया दिनुहोस