• देश

    दलित विद्यार्थीलाई दिँदै आएको छात्रावृद्धि वर्तमान सरकारले खोस्यो : सांसद विमला नेपाली

      ओमकार टाईम्स


    काठमाडौं : सांसद विमला नेपालीले उच्च शिक्षामा अध्ययनरत गरिब तथा जेहेन्दार दलित समूदायका विद्यार्थीहरुलाई दिँदै आएको छात्रावृद्धि वर्तमान सरकारले खोसेको आरोप लगाएकी छन् ।

     

     

    आज (बिहीबार) को प्रतिनिधिसभाको शून्य सयमा बोल्दै सांसद नेपालीले सो कुरा बताएकी हुन् ।

     

    संविधानको धारा ४० मा दलितको हकको व्यवस्था गरिएको जानकारी दिँदै उक्त धारा ४० मा उपधारा २ मा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म कानुन बमोजिम छात्रावृद्धिसहित निःशुल्क शिक्षाको व्यवस्था गरिएको समेत जानकारी दिइन् ।

     

    साथै उनले प्राविधिक र व्यवसायिक उच्च शिक्षामा दलितका लागि कानुन बमोजिम विशेष व्यवस्था गरिएको बारे जानकारी दिइन् । त्यस्तै संवैधानिक व्यवस्था एकातिर छ भने अर्को तिर ०५४ सालमा स्थापना गरिएको उपेक्षित, उत्पिडन दलित वर्ग उत्थान समितिले उच्च शिक्षामा अध्ययनरत गरिब तथा जेहेन्दार दलित समूदायका विद्यार्थी दिँदै आएको छात्रावृद्धि वर्तमान सरकार गठनसँगै खोसिएको आरोप लगाइन् ।

     

    सांसद नेपाली हिजो (बुधबार) मात्रै प्रकाशित नयाँ पत्रिका दैनिकमा ‘विपन्न विद्यार्थीहरुका लागि एक अर्बको छात्रावृद्धि १७ करोड मात्र वितरण’ भन्ने समाचार प्रति सरकारको ध्यानाकर्षण समेत गराएकी छन् । उनले यस विषयले आम दलित समूदायका विपन्न दलित विद्यार्थीहरुमा अत्यन्तै ठूलो चोट पुगेको बताइन् । तसर्थ सरकारले सहज ढंगबाट छात्रावृद्धि दिने व्यवस्था सुनिश्चित गरियोस् भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन् ।

    प्रतिकृया दिनुहोस