झापा दमक । नटराज एग्रो प्रा.ली. ले मुलुकभर राम्रै सेवा प्रदान गर्दै आएको छ । विषेश गरी यस कम्पनी द्धारा उत्पादित उपकार ब्राण्डको चामलले निकै राम्रो लोकप्रियता पाउन थालेको हो । मुलुकभरका सम्पूर्ण सहरहरुमा बजार विस्तार गर्दै आएको उपकार ब्राण्डले पुर्वका बजारहरुमा समेत राम्रै सफलता हासिल गर्न थालेको छ । छोटो समयमा राम्रो लोकप्रियता हासिल गर्न सफल उपकार ब्राण्डको वारेमा पारखीहरु खुलेरै प्रसंशा गर्ने गरेको पाईन्छ ।
उपकार ब्राण्डको चामलको खुलेरै प्रसम्सा गर्ने गौरादहकी पुनम नेपाल भन्छिन्, यो चामल खान थाले पछि त अरु चामल हेर्नै मन लाग्दैन, स्टिम गरिएको हुनाले पकाउन पनि सजिलो र किफायती समेत हुने भएकोले पनि आफ्नो रोजाईमा उपकार चामल परेको उनको बुझाई छ । पुनम नेपाललाई जस्तै दमककी दमन्ता श्रेष्ठ पनि एक सिपालु गृहिणी हुन् । उनले उपकार ब्राण्डको चामल प्रयोग गर्न थालेको करिव ६ महिना जती भयो । बजारमा स्टिम गरिएको चामल धेरै पाईने भएता पनि उपकार ब्राण्डमा छुट्टै विशेषता रहेको उनको अनुभव छ । उपकार चामल स्वादिष्ट भएकोमा उनि निकै खुशी देखिन्छिन् ।
खुद्रा ग्राहक वाहेक दमक, विर्तामोड, धुलावारी र काकरभिट्टामा रहेका अधिकांश होटलहरुमा उपकार ब्राण्डको चामल प्रयोग हुने गरेको व्यवसायीहरु वताउछन् ।अत्याधुनिक प्रविधीद्धारा प्रसोधन गरी स्टिम गरिने भएको हुनाले पनि यो चामलको माग ह्वात्तै वढेको नटराज एग्रोका कर्मचारीहरु बताउछन् । गुणस्तरको तुलनामा यसको मुल्य समेत आम उपभोक्ताको हितमा नै रहेको उनिहरु बताउछन् ।
पुर्वमा उपकार चामलको माग तिव्र भए पछि झापाको गौरादह १ गुरुङचोकमा अत्याधुनिक टेक्नोलोजी सहितको स्टिम राईस मिल स्थापना गरिएको छ । उक्त राईस मिलको स्थापना संगै पुर्वको वजारमा चामलको आपुर्तीमा सहजता हुने विस्वास गरिएको छ ।
प्रतिकृया दिनुहोस