• देश

    कोरोनाको सम्भावित जोखिमलाई सरकारले पुर्वतयारी गरेको देखिएन : पूर्व राजा शाह

      ओमकार टाईम्स


    विश्वमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण नेपालीहरुको पनि जनजीवन प्रभावित बनेको छ । कोरोनाको माहामारी नेपालमा पनि फैलिहालेमा के कसो गर्ने भन्ने बारेमा पुर्व तयारी केहि भएको छैन । उल्टो कालो बजारी मौलाएको अवस्था छ । यसबारे सरकार भने मुकदर्शक बनेर बसिरहेको छ ।

     

    बजारमा सामान्य भन्दा सामान्य बस्तु मास्कको अभाव भएका बेला सरकारले मास्क समेत आफ्ना नागरिकलाई उपलब्ध गराउन सकेको छैन ।

     

    यसै बिषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले सामाजिक संजाल ट्विटरमा आफ्ना कुराहरु राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कोरोनाको जोखिम उच्च अवस्थामा रहेका बेला सरकारको ध्यान अन्यत्र मोडिन नहुने बताएका छन् । उनले भनेका छन्, ‘दैनिक उपभोग्य वस्तु तथा सेवाको सहजताका लागि सरकारका संयन्त्र चनाखो भएको देखिएन ।’

     

    प्रतिकृया दिनुहोस