वडा प्रहरी कार्यालय नारायणगढले यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका विमल श्रीवास्तवसँग घुस लिएर मिलापत्र गराएको विषय सार्वजनिक भएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले छानविन गर्दै आएको छ ।
तत्कालीन ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी शेरबहादुर बस्नेतले एसपी अरुण पौडेलको नेतृत्वमा छानविन गर्न टोली खटटाएका थिए । बस्नेत २०७६ माघ २८ मा अवकाश भएपछि ३ नम्बर प्रदेशको निमित्त प्रमुख किशोर दाहाल रहेका छन् ।
उनी सोझा प्रकृतिका भएकाले एसपी अरुण पौडेलले घुमाएर यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका श्रीवास्तवलाई २ लाख रुपैयाँ घुस खाएर छाड्ने तत्कालीन चितवनका निमित्त प्रहरी प्रमुख डीएसपी एकनारायण कोइराला र वडा प्रहरी कार्यालय नारायणगढका सई रविराज ढकाल र कुलप्रसाद अधिकारीलाई क्लिनचिट दिन लागेका छन् ।
उनले डीएसपी कोइराला र सईद्वय ढकाल र अधिकारीबाट लाभ लिएर यौन दूव्र्यवहारको उजुरीमा मिलापत्र गराउनते कार्यलाइ वैधता दिन लागेका छन् । यौन दुर्व्यवहारको उजुरीमा मिलापत्र गराउनेमा डीएसपी कोइरालासमेत संलग्न रहेको समाचार सार्वजनिक भएको थियो ।
नारायणगढको शहीदचोकभित्र अर्पिता शृंगार पसलका सञ्चालक विमल श्रीवास्तवसँग डीएसपी कोइरालाकै निर्देशनमा घुस असुली मिलापत्र गराइएको थियो ।
जसमा पीडित भनिएकी दुर्गा पाख्रिन (नाम परिवर्तन) लाई ३ लाख रुपैयाँमा मिल्न दबाब दिएर वडा प्रहरी कार्यालय नारायणगढका सई ढकाल र अधिकारीले ५ लाख घुस लिएको आरोप लागेको थियो ।
श्रीवास्तवको पसलमा केही युवती काम गर्दै आएका थिए । तिनमा दुर्गासँग उनको हिमचिम बढ्यो । हिमचिम मायाप्रेममा बदलियो । तर, त्यो मायाप्रेम धेरै टिकेन, तीन चार महिनामा उनीहरुबीच झगडा भयो । दुर्गाले श्रीवास्तवविरुद्ध २०७६ माघ १८ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । साँघु साप्ताहिकबाट
प्रतिकृया दिनुहोस