• स्वास्थ

    होली खेल्दा यी कुरामा ध्यान दिऔँ

      ओमकार टाईम्स


    होली अर्थात् रङहरुको पर्व । होलीको दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ ।

     

    सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदैनाच्दै होली खेल्छन् ।यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फागु पूर्णिमा पनि भनिन्छ ।

     

    होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्म रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । यसरी होली खेल्दा स्वास्थ्य र सौन्दर्यसम्बन्धी कुरामा भने सावधानी अपनाउनु जरुरी हुन्छ ।

     

    होलीमा ध्यान दिनुपर्ने कुराहरू

     

    छालाको सुरक्षा

     

    होली खेल्नुअघि शरीरका विभिन्न भागमा तौलीय क्रिम या तेल लगाउनुपर्दछ । जसले गर्दा होलीका रंगहरुको तपाईंको छालामा असर गर्न पाउँदैन ।

     

    चस्माको प्रयोग

     

    होली खेल्दै गर्दा आँखामा रङ पर्‍यो भने तपाईंको रमाइलो केही दिन पनि टिक्न सक्दैन। त्यसैले होलीको रङमा रंगिनुका साथै आँखाको सुरक्षाका लागि चस्मा लगाउनु उपयुक्त हुन्छ ।

     

    अर्ग्यानिक रङको प्रयोग

     

    होली मनाउनका लागि बजारमा फूल तथा अन्य नेचुरल रङहरु पाइन्छ । यसमा केमिकल हुँदैन । केही महँगाे परे पनि यसरी होली खेल्दा शरीरलाई कुनै प्रकारको हानि हुँदैन ।

     

    धेरै नभिज्नु

     

    होलीमा रङ लगाउने मात्रै नभई रङ मिसिएको पानी छ्याप्ने गरिन्छ । जसले गर्दा पटकपटक भिज्ने सम्भावना हुन्छ । एक पटक होली खेलेर नुवाईवरी बसे पनि फेरि होली लगाइने हुनाले पटकपटक भिज्दा शरीरमा विभिन्न समस्या आउन सक्छ । यो समय न धेरै गर्मी न धेरै जाडो हुने भएकाले धेरै भिज्दा बिरामी पर्न सकिन्छ ।

     

    बजारको मिठाई धेरै नखाऔँ

     

    होलीमा विशेष गरी धेरै प्रकारका मिठाई खाने चलन छ । तर, बजारमा राखिएका विभिन्न थरीका मिठाईको खानाले स्वास्थ्यमा समस्या आउन सक्छ । किनकि त्यसमा धेरै मिसावट हुन्छ । यसबाट बच्नका लागि आफ्नै घरमा तयार पारिएका खानेकुराको प्रयोग गरौँ ।

     

    भाङ

     

    होलीमा भाङ होली भन्नैबित्तिकै भाङको जोडिन्छ । होलीमा भाङको प्रयोग विभिन्न तरिकाले गरिन्छ । भाङको नसा शरीरमा तेज चढ्छ । ठिक्क मात्रामा यसको प्रयोग गर्नेहरूले मज्जा लिन्छन् भने अधिक सेवन गर्नाले विभिन्न समस्याको पनि सामाना गर्नुपर्ने हुन सक्छ । धेरै नसा चढेपछि मान्छेको व्यवहार सामान्य रहँदैन । अनावश्यक होहल्लाका साथै एकआपसमा झैझगडा हुन सक्छ ।

     

    भाङ खानुका बेफाइदाहरू

     

    हाइपर एक्टिभ

     

    भाङको नसा चढेपछि दिमाग हाइपर एक्टिभ हुन्छ । भाङले दिमागको डोपामिन हार्मोनकाे स्तर बढ्छ । जसले मुडलाई त राम्रो बनाउँछ तर जब नसा उत्रिन्छ, तब दिमाग सुस्त हुन जान्छ । जसले मानसिक अवस्थालाई असर गर्न सक्छ ।

     

    भ्रम पैदा

     

    भाङ खानाले दिमागले सही तरिकाले काम गर्दैन । केहीलाई यसको प्रयोगले विभिन्न भ्रम पर्न सक्छ । नसा चढेको बेला सही गलतसमेत छुट्याउन मुश्किल पर्छ । साथै सही व्यवहार नगरिन पनि सक्छ । जसले भ्रम पैदा गर्छ ।

     

    हृदयाघातको सम्भावना

    विभिन्न स्वास्थ्य समस्या भइरहेको मान्छेले भाङ खानु राम्रो होइन् । औषधि सेवन गरिरहेकाहरूले भाङ खाँदा हृदयाघात हुने सम्भावना हुन सक्छ ।

    प्रतिकृया दिनुहोस