• समाचार

    स्थानीयवासीको प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा हवाई फायर

      ओमकार टाईम्स


    कञ्चनपुर : ट्रिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक बालकको मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयवासीले आज (आइतबार) बजार र यातायात बन्द गराएका छन् ।

     

     

    दुर्घटना भएको २४ घण्टा वितिसक्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।

     

    यता बन्दको अवज्ञा गरको भन्दै प्रदर्शनकारीले यात्रुवहाक बसमा तोडफोड गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले २ राउण्ड हवाई फायर र ६ सेल अश्रु ग्यास प्रहार गरेको छ । स्थानीयले म १ ख ५२७ नम्बरको बसमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले जानकारी दिए ।

     

    हिजो (शनिबार) दिउँसो विद्यालयबाट घर फर्कंदै गर्दा बलौरी नगरपालिका ४ का १० वर्षीय आकाश रानालाई म १ ख ८४९ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

     

    कोरोनाभाइरसका कारण छिट्टै परीक्षा सक्न शनिबार पनि विद्यालय खुलेको थियो ।

     

    ‘लापरबाही सवारी चलाउने चालक अहिलेसम्म पक्राउ परेका छैनन,’ बालकका आफन्त मनोहर रानाले भने, ‘चालकलाई कारबाही गर्नुपर्ने हाम्रो माग हो ।’ दुर्घटना गराएर चालक भागेपछि टिपर धनी सुवम रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना गर्ने टिपरमा स्थानीयले आगजनी गरेका छन् ।

     

    चालक भागेपछि आइतबार बालकका आफन्तले बेलौरी बजारमा प्रर्दशन जारी राखेका छन् । फरार चालक पक्राउ गर्नुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै उनीहरुले बजार र यातायात बन्द गराएका छन् ।

     

    बन्दको अवाज्ञा गरेको भन्दै स्थानीयले म १ ख ५२७ नम्बरको बसमा तोडफोड गरे । इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले सवारी धनी नियन्त्रणमा आएकाले चालक पनि नियन्त्रणमा ल्याएर कारबाही गरिने बताए । स्थानीय आन्दोलित भएपछि बेलौरी क्षेत्रमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको छ ।

    प्रतिकृया दिनुहोस